आर्थिक

ग्लोबल बैंकको रक्तदान कार्यक्रममा यसरी भयो पञ्जा हराएर लफडा

सुर्यखबर संबाददाता,

काठमाण्डौ । ग्लोबल आइएमई बैंकले आफ्नो १० औं वार्षिकोत्सवको अवसरमा रक्तदान तथा निशुल्क मधुमेह परिक्षण कार्यक्रमको आयोजना गरेको छ । “रक्तदान नै जीवन दान” हो भन्ने मुल नाराका साथ सोमबार बैंकको कान्तिपथ शाखामा आयोजना गरिएको रक्तदान तथा निशुल्क मधुमेह परिक्षण कार्यक्रममा बैंकका कर्मचारी तथा ग्राहक महानुभावहरुको उत्साहजनक सहभागिता रहेको थियो ।

मुलुकमा देखिएको रगत अभाबलाई ध्यानमा राखेर बैंकले रक्तदान कार्यक्रमको आयोजना गरेको हो । २०६३ पौष १८ गतेबाट संचालनमा आएको ग्लोबल आइएमई बैंकले स्थापनाको छोटो अवधिमै अलग पहिचान बनाउन सफल भएको छ । स्थापनाको एक दशकमा बैंक बैंक अफ द इएर तथा बेष्ट इन्टरनेट बैंकिङ्ग अर्वाडबाट समेत सम्मानित भईसकेको छ । ९१ शाखा, १०३ एटिएम, ६ बटा एक्टेन्सन काउण्टर, ४४ शाखा रहित बैंकिङ्ग सेवा रहेको ग्लोबल आइएमई बैंकले ६ लाख भन्दा बढि ग्राहकलाई सेवा दिदै आइरहेको छ ।

त्यस्तै बैंकले अत्याधुनीक प्रविधियुुक्त मोवाइल बैंकिंङ्ग सेवा, इन्टरनेट बैंकिंङ्ग सेवाको साथमा अष्टे«लिया, मलेसिया, भारत, दक्षिण कोरिया, कतार, युएई, बहराइन लगायतका मुलुकबाट रेमिट्यान्स सेवा समेत प्रदान गर्दे आइरहेको छ ।

पञ्जा हराएर लफडा बिबाद

कार्यक्रमको अन्त्यतिर रक्तदान गर्न आएका एकजना बैंकका ग्राहकको महंगो पञ्जा हराएका कारण बैंकमा एकपटक हलचल मच्चिएको थियो । बैंकको कान्तिपथ साखामा उक्त कार्यक्रममा समेत बैंकले सिसिटिभि नराखेर उक्त पञ्जा पत्ता लाग्न सकेन । बैंक जस्तो अत्यन्तै महत्वपूर्ण स्थानको कम्पाउण्डमा सिसिटिभि नराख्नु ठूलो गल्ति भएको सुरक्षाबिदहरुले बताएका छन् ।

बैंकका संबन्धित कर्मचारीलाई जानकारी गराउदा समेत उक्त पंजा कसले लगेको छ भनेर पत्ता लाग्न नसकेपछि ग्राहकले सीधै ग्लोबल आईएमई बैंकका कार्यकारी अधिकृतसंग कुरा गरेका थिए । त्यसपछि कार्यकारी अधिकृत अनिल ज्ञवालीले चासो लिएर उक्त साखामा कुरा गरेपछि उक्त साखाका सिनियर कर्मचारी प्रसन्न बास्कोटाले ती ग्राहकलाई उक्त पञ्जा आफूले तिरिदिने बताएका थिए ।

पञ्जा

ग्राहकले पञ्जा हराएको कुरा गम्भिर भएकाले पञ्जा लिनेदिने भन्दा पनि चोर्ने ब्यक्ति पत्ता लगाउनु महत्वपूर्ण कार्य भएको, आज पञ्जा चोर्ने बैंक लुट्न सक्ने आफू पैसा लिने पक्षमा नभएको बताएपछि, निज बास्कोटाले आफूहरुले उक्त स्थानमा छिट्टै नै सिसिटिमि जडान गर्ने र आईन्दादेखि त्यस्ता सानातिना घटना नदोहोर्याउने भन्दै पञ्जा हराएको घटनाको जिम्मेवारी लिएका थिए ।

रक्तदानका लागि आएका उक्त ग्राहकको कालो रंगको महंगो पञ्जा १० मीनट अगाडि कार्यक्रममा टेन्ट गाड्नेहरुले देखको पटक पटक बताएका थिए । पञ्जा महंगो भनिए पनि कति मूल्यको हो भन्ने खुल्न सकेन । तर ग्रहकको चासो देख्दा र बैंकबाट नै पञ्जा हराउदा उक्त पञ्जा महंगो र आकर्षक हुने अनुमान लगाईएको छ ।