पु.समाचार

सरकारी निवासबाट छोड्दा लोकमानको कारमा को–को थिए ? यस्तो देखियो उनको अनुहार !

काठमाण्डौ । सर्वोच्च अदालतको फैसलासँगै अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुखबाट पदमुक्त भएका लोकमानसिंह कार्कीले सरकारी निवास छोडेका छन् ।  सर्वोच्चले पाँच दिनअघि कार्कीलाई अख्तियार प्रमुख हुन अयोग्य भएको फैसला सुनाएको थियो । फैसलासँगै स्वतः पदमुक्त भएका कार्कीले लगत्तै सरकारी निवास छोड्नुपर्ने भएपनि पाँच दिनपछि मात्र छोडेका हुन् ।

अख्तियार प्रमुखको निवास अख्तियार कार्यालयसँगै जोडिएको छ। कार्की सरकारी निवासबाट बिहिबार साँझ साढे ६ बजे निस्किएका हुन् । बा७च ७८५८ नम्बरको कालो कारमा सरकारी निवासबाट बाहिरिएका कार्कीको अनुहार मलिन थियो ।

स्रोतका अनुसार निवासबाट बाहिरिँदा कारको अघिल्लो सिटमा छोरी थिइन् भने पछिल्लो सिटमा श्रीमतीसँगै कार्की बसेका थिए। शुक्रबारको नागरिकमा लेखिएको छ, आफू निस्कनुभन्दा करिब २ घन्टा अगाडि आमा भूमालाई कार्कीले निवासबाट पठाएका थिए ।

स्रोतका अनुसार कार्की आफ्ना भाइ बालमानसिंह कार्कीको बानेश्वरस्थित घरमा गएका छन्। लोकमानका भाइ किष्ट मेडिकलका सञ्चालक हुन् ।