पु.समाचार

पूर्वपश्चिम राजमार्गमा मोटरसाइकल चालकको मृत्यु

उर्लाबारी । झापाको दमक–१६ स्थित पूर्वपश्चिम राजमार्गमा गएराति मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा उर्लाबारी–४ का गौरव श्रेष्ठको मृत्यु भएको छ ।

राति १०:१५ बजे दमकबाट उर्लाबारीतर्फ आउँदै गरेको को १० प ४६४३ नंको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक २१ वर्षीय श्रेष्ठको मृत्यु भएको हो ।

दुर्घटनामा परेर गम्भीर घाइते भएका श्रेष्ठको दमकस्थित लाइफलाइन अस्पतालमा उपचारका क्रममा राति १०:३५ बजे मृत्यु भएको हो ।

दुर्घटनामा मोटरसाइकलको पछाडि सवार उर्लाबारी–४ कै २२ वर्षीय आकाश कार्की गम्भीर घाइते भएका छन् । उनको सोही अस्पतालमा उपचार भइरहेको छ ।