राजनीति

कांग्रेस नेता चन्द्र भण्डारीले लगाए प्रचण्ड र देउवालाई कडा आरोप !

कपिलवस्तु । कांग्रेस केन्द्रीय सदस्य तथा सांसद चन्द्र भण्डारीले पाँच नम्बर प्रदेश टुक्राउन भारतले षडयन्त्र गरेको आरोप लगाएका छन् । शुक्रबार कपिलवस्तुको बाँडगंगामा आयोजित विरोधसभामा बोल्दै उनले सो आरोप लगाएका हुन् ।

नेता भण्डारीले आफ्नै पार्टीका सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री प्रचण्ड समेत भारतीय षडयन्त्रमा फसेको आरोप लगाए । उनले भने, ‘लुम्बिनीमा दिल्ली र बिहारले आँखा लगाएको छ, सो षडयन्त्रमा सभापति देउवा र प्रधानमन्त्री दाहाल फसेका छन् ।’

नेता भण्डारीले आफ्नो पार्टीले प्रदेश विभाजन गर्ने कुनै निर्णय नगरेकाले आफुलाई पार्टीले जारी गरेको ह्वीपले नछुने समेत स्पष्ट पारे ।

पाँच नम्बर प्रदेश विभाजनविरुद्ध आयोजित सो विरोधसभामा पाँच नम्बर प्रदेशभित्रका कांग्रेसका स्थानीय नेताहरुले समेत सम्बोधन गरेका थिए ।