पु.समाचार

आज माघेसक्रान्ति पर्व धुमधामका साथ मनाइँदै

काठमाण्डौ । शनिबार अर्थात आज माघे सक्रान्ति पर्व । यो पर्व नेपालमा विभिन्न जाती समुदायले आ–आफ्नो तरिकाले धुमधामका साथ मनाउँदैछन् । चाकु,तिल, तरुल लगायतका पोषिला खानेकुराहरु खाएर माघे संक्रान्ति पर्व मनाइने चलन छ ।

यो पर्वमा नदी, तलाउ लगायतका स्थानमा गएर पुजाआजा गर्नुका साथै मिठा–मिठा खानेकुरा खाएर मनाउने चलन छ । मकर संक्रान्ति समेत भनिने यो पर्वलाई थारु, गुरुङ, राई लगायतका जातजातिहरुले आ–आफ्नै ढंग र नामले मनाउने गर्दछन् । थारु समुदायमा यो पर्व माघीका नाममा विशेष ढंगले धुमधामका साथ मनाउने चलन छ ।

आजको दिन सुर्य धनुबाट मक्कर राशीमा प्रवेश गरी उत्तरायण हुने हुनाले यसलाई मकर संक्रान्ति समेत भनिने हिन्दु धर्मशास्त्रमा उल्लेख छ । माघे सक्रान्तिका दिन चितवन, नवलपरासी र तनहुँको संगमस्थल देवघाटमा ठूलो मेला लाग्दैछ ।