पु.समाचार

भारत गएको नेपाली टोली रित्तै हात फर्कियो

काठमाडौं । प्रतिबन्धित ५०० र हजार दरका भारु नोट साट्न भारत गएको नेपाल राष्ट्र बैंकको टोली रित्तै हात फर्किएको छ । नेपालमा रहेका प्रतिबन्धित भारु नोट साट्ने विषयमा भारतले कुनै निर्णय नदिएपछि नेपाली टोली रित्तो हात फर्किएको छ ।

आइतबारको नागरिकमा लेखिएको छ, नेपालमा रहेका भारु नोट साट्ने व्वयस्था मिलाउन राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी, अर्थ मन्त्रालय र परराष्ट्र मन्त्रालयका सहसचिव, नेपाल राष्ट्र बैंकको विदेशी विनिमय विभागका प्रमुख र २ जना विज्ञसहितको टोली बुधबार भारत गएको थियो ।