पु.समाचार

केही महिनामै दक्षिण एसियाली भू–उपग्रह सञ्चालनमा आउदै, भारतको नेपाललाई यस्तो आग्रह

काठमाण्डौ । दक्षिण एसियाली मुलुकका लागि अन्तरिक्षमा राख्न लागिएको भू उपग्रह (स्याटलाइट) को काम अन्तिम चरणमा पुगेको जानकारी गराउँदै भारतले नेपाललाई प्रयोगका लागि आवश्यक तयारी थाल्न नेपाललाई आग्रह गरेको छ। यसैवर्षको पहिलो छ महिनाभित्रै स्याटलाइट प्रयोगमा आइसक्ने भएकाले भारतले यस्तो आग्रह गरेको हो ।

आइतबारको कान्तिपुरमा लेखिएको छ, भारतीय दूतावासले परराष्ट्र मन्त्रालयमार्फत यही पुस १९ गते पत्र पठाउँदै सञ्चालनअगावै तयारी थाल्न आग्रह गरेको हो ।

भारतले पठाएको पत्रमा स्याटालाइट प्रयोगका लागि जमिनमा राख्नुपर्ने उपकरण र पूर्वाधार तथा अन्य कार्यलाई प्राथमिकतामा राखी कार्य अगाडि बढाउन भनिएको छ।