पु.समाचार

दाहाललाई मातृशोक

काठमाडौँ । संविधानविद् काशीराज दाहाल र प्राध्यापक रामप्रसाद दाहाललाई मातृशोक परेको छ । उनकी आमा सकुन्तला दाहालको गएराति ८३ वर्षको उमेरमा निधन भएको हो ।

मिर्गौला र श्वासप्रश्वास रोगको उपचार गराइरहनुभएकी दाहालको आफ्नै निवास रातोपुलमा स्वस्थानी कथा सुनिरहेकै अवस्थामा निधन भएको थियो ।

उनका तीन छोरा र दुई छोरी हुनुहुन्छ । उनको आइतबार बिहान पशुपति आर्यघाटमा दाहसंस्कार गरिने छ ।