समाचार

काठमाण्डौको सडकमा हिड्दै हुनुहुन्छ, अब होसियार रहनुस् है !

काठमाडौं । सरकारले अब सडक वरिपरि हिड्ने पैदल यात्रीहरुका लागि कडा नियम बनाउने भएको छ । पछिल्लो समय सडक दुर्घटनामा पैदल यात्रीहरुको समेत दोष देखिन थालेपछि सरकारले कडा नियम ल्याउने तयारी गरेको हो । सोमबारको नागरिकले लेखेको छ, सरकारले ल्याउन लागेको नियममा विशेषगरी यी कुराहरुमा ध्यान दिनुपर्ने जनाइएको छ ।
-पैदल यात्रुले तोकिएको स्थानबाट मात्र बाटो काट्नुपर्छ ।
– साइकलका लागि बनाइएको सडकमा साइकल गुडाउनुपर्छ ।
– सडकमा जथाभावी चौपाया छाड्नुहुदैन ।
– सडकमा बिस्कुन सुकाउने स्थान बनाउन पाइँदैन ।

यस्ता सामान्य बिषयमा लापरवाही गर्दै आएका तपाईंहामी अब भने जिम्मेवार र सजग बन्नुपर्नेछ, नत्र दण्डको भागीदार हुनुपर्ने छ ।
सवारी साधनलाई निषेधित क्षेत्रमा पार्किङ गर्दा दुर्घटना भएर जथाभावी सडक अबरुद्ध र तोडफोड गरे क्षतिपूर्ति दिनुपर्ने छ ।

यस्तै सवारीसाधान र सडकको अवस्थाका कारण दुर्घटना भए सवारीधनि र सडक निर्माण गर्ने निकाय सजायका भागीदार हुनेछन् ।
सरकारले पैदल यात्रुसमेतलाई दुर्घटनामा दोषी देखिए कारवाहीको व्यवस्थासहितको सडक सुरक्षा ऐन ल्याउने तयारी गरेको छ ।