समाचार

चिकित्सकहरुले अब ५० प्रतिशतसम्म अतिरिक्त भत्ता पाउने

काठमाडौं । सरकारले स्वास्थ्य सेवामा कार्यरत चिकित्सक, नर्स र स्वास्थकरुर्मीलाई अतिरिक्त समयसेवा दिएबापत तलबको ५० प्रतिशतसम्म आतिरिक्त पारिश्रमिक दिने भएको छ ।

सरकारले नयाँ कार्यविधिमार्फत बिदाको दिनसमेत १० देखि ५ बजेसम्म निजी प्राक्टिस गर्न नपाइने र अन्य समयमा बाहिर काम गर्न पूर्वस्वीकृति अनिवार्य लिनुपर्नेसहित यस्स्तो व्यवस्था गर्न लागेको हो ।

शुक्रबारको नागरिकमा लेखिएको छ, दुई बजेसम्म मात्र खुल्दै आएका स्वास्थ्य संस्थालाई विशेष र संवेदनशील क्षेत्र मान्दै ५ बजेसम्म खुलाउन यस्तो व्यवस्था गर्न लागिएको हो ।

स्वास्थ्य संस्था १० देखि ५ बजेसम्म खोल्ने व्यवस्था गर्न भदौ २३ को प्रधानमन्त्रीको घोषणा र सोही आधारमा स्वास्थ्य मन्त्रालयले पटक पटक निर्देशन दिएको थियो ।