मनोरञ्जन

संसार नेपाली फिल्मको प्रतिक्षामा छ

काठमाडौं । दुई दिने फिल्म कार्यशालाका लागि नेपाल आएका फिल्म गुरु डभ सिमन्सले विश्वका दर्शक नेपाली फिल्म हेर्न उत्सुक रहेको बताएका छन् । आइतबार र सोमबार गरी दुई दिनसम्म फिल्म निर्माण र वितरणबारे कक्षा लिएका सिमन्सले नेपालको भूगोल अझै पनि पश्चिमाबीच कुतूहलको विषय रहेकाले नेपालबाट निर्माण हुने फिल्मबारे पनि उताका दर्शकको चासो रहने बताए ।

मंगलबारको नागरिकले लेखेको छ, सिमन्सले आफूले नेपाली फिल्म नहेरेको भए पनि पँचदिने नेपाल बसाईका क्रममा केही व्यक्तिसँगको अन्तक्र्रियामा नेपालसँग उत्कृष्ट कथाहरु रहेको तर कथालाई निर्देशकले राम्ररी पस्कन नसकेको अनुभूत गरेको बताए ।

‘नेपालमा साँच्चिकै राम्रा फिल्म बन्ने कथा छन् । तर यहाँका निर्माता निर्देशकले कथालाई चाख लाग्दो थरिकाले भन्न सकिरहेका छैनन् ।’ सिमन्सले भने ।