अन्तर्राष्ट्रिय

दिल्लीमा शक्ति प्रदर्शन भइरहेको बेला भारत र पाकिस्तानको सीमामा देखियो यस्तो अनौठो दृष्य !(भिडियो)

एजेन्सी । भारतमा ६८ औं गणतन्त्र दिवसको तामझाम चलिरहँदा भारत र पाकिस्तानबीचको सीमानामा के भैरहेको होला ? युद्ध छ कि शान्ति ? यो प्रश्नको उत्तर प्राय विश्वका मिडियासँग पहुँच राख्ने सबैलाई थाहा छ । त्यहाँ अशान्ति नै छ तर पछिल्ला एक दुई दिनयता ती दुई देशको सीमामा अनौठो दृष्य समेत देखियो । थुप्रै महिना अघिदेखि यी दुई देशबीच निकै ठूला युद्धकै तयारीमा कडा घम्साघम्सी चलिहेको छ ।

भारत अधिनस्थ काश्मिरमा केही महिनाअघि आतंककारीहरुको आक्रमणमा परेर १८ जना भारतीय सैनिकहरुको ज्यान गएपछि यी दुई देशबीच थप तनाव उत्पन्न भएको थियो । दुवै देश युद्धकै स्तरमा अघि बढिरहेका छन् तर जनवरी २६ का दिन भारतमा ६८ औं गणतन्त्र दिवस मनाइरहँदा भारत र पाकिस्तानको सीमानामा युद्धको आक्रोश र तनाव होइन, दुवै देशका सेनाबीच निकै ठूलो खुसी साटियो ।

भारत र पाकिस्तानको सीमामा तैनाथ दुवै देशका सेनाले हात मिलाए र गणतन्त्र दिवसको अवसरमा मिठाई समेत बाँडे । उनीहरुले हात मिलाएर खुसी बाँडिरहँदा दुवै देशका सैनिक अधिकारीहरुको अनुहारमा नयाँ र खुसीको चमक देख्न सकिन्थ्यो । यद्यपि, सोही बेला भारतीय सैनिक शक्तिले दिल्लीको राजपथमा विश्वलाई आफ्नो सैनिक तागत देखाइरहेको थियो ।

सो अनौठो अवसरको भिडियोलाई हामीले यहाँ प्रस्तुत गरेका छौ । हेरौ यी दुई देशका युद्धरत सेनाबीच देखिएको यो अनौठो दृष्यको भिडियोः

https://www.youtube.com/watch?v=Wgh7yhJ_4No