राजनीति

दलहरुबीच सहमतिको विकल्प छैन: कोइराला

नवलपरासी । नेपाली काँग्रेसका महामन्त्री डा.शशाङ्क कोइरालाले संविधान कार्यान्वयनका लागि दलहरुबीच सहमतिको विकल्प नभएको बताएका छन् ।  सहिद दिवसका अवसरमा आइतबार नवलपरासीमा नेपाली काँग्रेस गैँडाकोट नगर समितिद्वारा आयोजित कार्यक्रममा महामन्त्री डा.कोइरालाले यस्तो विचार व्यक्त गरेका हुन् ।

उनले मुलुक अझै पनि संविधान कार्यान्वयनको दिशामा अघि बढ्न नसकेकोप्रति चिन्ता व्यक्त गर्दै वर्तमान सङ्कटको निकास खोज्न सबै दलबीच सहमति हुनुपर्ने विचार राखे ।

उनले संविधान जारी गर्दा एक ठाउँमा उभिएका तीन शीर्ष दल संविधान संशोधनमा पनि एकै ठाउँमा उभिनु आजको आवश्यकता भएकाले एमालेलाई साथमा लिएर संविधान संशोधन गर्नुपर्ने बताए ।

नवलपरासी निर्वाचन क्षेत्र नं १ का सांसद समेत रहनुभएका डा.कोइरालाले सहिदले देखाएको बाटोमा अघि बढ्न सके मात्रै मुलुकले सही निकास पाउने बताए ।