राजनीति

प्रहरी नेतृत्वका कारण कांग्रेसभित्र लफडा !

काठमाडौं – आगामी फागुन २ गतेबाट नेपाल प्रहरीको नेतृत्व परिवर्तन हुने भएपछि नयाँ नेतृत्वमा कसलाई ल्याउने भन्ने विषयमा नेपाली कांग्रेसभित्र तीव्र विवाद शुरु भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले कुनै पनि निर्णय गर्दा आफु विवादमा नपर्ने जानकारी सत्ता साझेदार दल नेपाली कांग्रेसका शिर्ष नेताहरुलाई गराएको भएपनि कांग्रेसभित्र भने नयाँ प्रहरी प्रमुख बनाउने विषयमा विवादले उग्र रुप लिएको छ ।

शनिबारको नेपाल समाचारपत्रमा लेखिएको छ,कांग्रेसमा प्रभावशाली मन्त्री रमेश लेखक, सांसद कर्ण मल्ल र सुदूरपश्चिमका कांग्रेस नेताहरुले आफ्नो अनुकुल डीआईजी जयबहादुर चन्दलाई जुनसुकै हालतमा प्रहरी प्रमुख बनाउनुपर्ने लबिङ गरेपछि विवादले उग्र रुप लिएको हो ।