अन्तर्राष्ट्रिय

अमेरिकामा ट्रम्प आएलगत्तै उत्तरकोरियासँग जोडिएर आयो नयाँ खबर, अब के गर्ला उत्तरकोरियाले ?

एजेन्सी । उत्तरकोरियाले अमेरिकासँग निहुँ खोजिरहे उसले महँगो मूल्य चुक्ता गर्नुपर्ने अमेरिकाले जवाफ दिएको छ । दक्षिण कोरियाको भ्रमणमा रहनुभएका अमेरिकी रक्षामन्त्री जेम्स मेटिसले सो जवाफ दिएका हुन् । रक्षामन्त्री मेटिसले उत्तरकोरियाले परमाणु हतियारको परीक्षणबाट अमेरिकालाई थर्काउन खोजेको हो भने उसलाई अमेरिकाले कडा जवाफ फर्काउने चेतावनी समेत दिए । उनले दक्षिण कोरियालाई अमेरिकाको लामो समयदेखि गर्दै आएको समर्थन जारी रहने आश्वासन समेत दिनुभएको अन्तर्राष्ट्रिय सञ्चारमाध्याहरुले जनाएका छन् ।

अमेरिकी रक्षामन्त्री दक्षिण कोरियाको भ्रमणमा रहँदै गर्दा उनले दिएका अभिव्यक्ति र उत्तरकोरियाको धम्कीलाई अन्तर्राष्ट्रिय सञ्चारमाध्यामहरुले एउटा समीक्षाको पाटोको रुपमा टिप्पणी गरेका छन् । सन् २०१६ भित्र उत्तरकोरियाले करिब आधा दर्जन परमाणु हतियारको परीक्षण गरिसकेको छ । त्यसको मुख्य उद्धेश्य अमेरिकासँगको युद्धको तयारी रहेको भन्ने खबरहरु समेत बाहिर आइरहेका छन् ।

अमेरिकी प्रशासनको नयाँ नेतृत्वमा राष्ट्रपति डोनाल्ड ट्रम्प उदाएका छन् भने उत्तरकोरियाले उबिरुद्ध बक्तव्यवाजी गर्दै परमाणु परीक्षण गरिनै रहेको छ । यहि बीचमा उत्तर कोरियालाई घेरा हाल्ने लक्ष्यका साथ अमेरिकी सैनिकहरु दक्षिण कोरिया र जापानमा तैनाथ भएका छन् भने उनीहरुको सैनिक गतिविधि तिव्रताका साथ अघि बढिरहेको छ । यो बेला यदि परमाणु हमला भए कुन देशले सफलता हाँसिल गर्ला त ?
दक्षिण कोरियाको भ्रमणमा रहेका अमेरिकी रक्षामन्त्री मेटिस र दक्षिण कोरियाका रक्षामन्त्री हान मिन–कूबीच यो सवालमा गम्भीर आन्तारिक बहस भएको बीबीसीले जनाएको छ ।

उक्त भेटवार्तामा अमेरिकी रक्षामन्त्री मेटिसले आफ्नो देशको सहयोगी दक्षिण कोरियाविरुद्ध हमला गर्ने जुनसुकै शक्तिलाई पनि अमेरिकाले हराउने आश्वासन दिनुभएको छ । उत्तरकोरियाले दक्षिण कोरियाविरुद्ध चौतर्फी हमला सुरु गरे अमेरिकाले त्यसको कडा जवाफ फर्काउने तयारी गरिरहेको समेत सो भेटवार्तामा रक्षामन्त्री मेटिसले आश्वासन दिनुभएको जनाइएको छ । उनले उत्तरकोरियाले परमाणु हतियारमार्फत आक्रमण गर्ने संकेत दिनासाथ अमेरिकाले त्यसको कडा जवाफ फर्काउने आश्वासन दिएका हुन् ।

उत्तरकोरियाका पछिल्ला गतिविधि
उत्तरकोरियाले पछिल्लो साल ५ वटा शक्तिशाली परमाणु हतियारहरु परीक्षण गरेको रिपोर्ट सार्वजनिक गरेको छ । उसले यी सबै हतियार अमेरिकासँगको मुकाबिला गर्न सक्ने गरी तयारी अवस्थामा राखेको जनाएको छ । तर परमाणु हतियार विशेषज्ञहरुले भने उत्तरकोरियाको यो दाबीलाई पत्याएका छैनन् । उसले दिएको धम्की परमाणु युद्ध सुरु भएको क्षणभरमै सकिन सक्ने उनीहरुको दाबी छ ।

सुरक्षा विशेषज्ञहरुका अनुसार अहिले उत्तरकोरियाले निर्माण गरेको शक्तिशाली भनिएको परमाणु हतियार ‘इन्टरकन्टिनेन्टल ब्यालेस्टिक मिसाइल हो,’ जसले अमेरिकालाई निशाना बनाउने भनिएको छ । तर त्यसमा विशेषज्ञहरुले विश्वास गरेका छैनन् । यही संवेदनशीलतालाई मध्यनजर गर्दै अमेरिकाको तत्कालीन ओबामा प्रशाशन र दक्षिण कोरियाबीच डिफेन्स सिस्टमको मिसाइल तैनाथ गर्ने सहमति भएको थियो, जसले उत्तरकोरियाको सम्भावित हमलालाई रोकिदिन सक्थ्यो । शुक्रबार भएको अमेरिकी र दक्षिण कोरियाली रक्षामन्त्रीहरुबीच यो विषयमा समेत गम्भीर छलफल भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यामहरुले जनाएका छन् ।

चीनको कडा विरोध  
कोरियाली प्रायद्धिपमा बढ्दो अमेरिकी सैनिक गतिविधिको चीनले समेत विरोध गरिरहेको छ । चीनले अन्य मुद्धाहरुमा अमेरिकासँग सहकार्य गर्ने जनाएपनि कोरियाली प्रायद्धिप र साउथ चाइना सीको विषयमा खुलेरै अमेरिकाको विरोध गरिरहेको छ । कोरियाली प्रायद्धिपको सवालमाचाहि चीनले अलि भिन्न किसिमले विरोध गरिरहेको छ । त्यसमा अमेरिकाले निर्माण गर्न लागेका सैन्य अखडा र डिफेन्स ब्यालेष्टिक मिसाइलहरु तैनाथ गर्ने सवालमा चीनले शंका गरिरहेका खबरहरु बाहिर आइरहेका छन् ।

पछिल्लो समयमा उत्तरकोरियाको सम्भावित आक्रमण रोक्ने उद्धेश्यका साथ अमेरिका र दक्षिण कोरियाले टिएचएएडी मिसाइल सिस्टम निर्माण गर्ने तयारी गरिरहेका छन् । यो सवालमा चीनले खुलेरै विरोध गरिरहेको छ । यद्यपि, यो निर्माणको विषय दक्षिण कोरियामै अलोकप्रिय सावित हुनसक्ने सुरक्षा विश्लेषकहरुले बताउने गरेका छन् ।

यो मिसाइल जहाँ तैनाथ गरिन्छ, त्यसको वरिपरिका क्षेत्रलाई निकै खतरा हुने समेत जनाइएको छ । यो विषयमा चीनले आपत्ति जनाइरहेको छ, तर कोरियाको भ्रमणमा रहेका अमेरिकी रक्षमन्त्रीले यो सवालमा चिन्ता नलिन दक्षिण कोरियाका अधिकारीहरुलाई आग्रह गरेका छन् । दक्षिण कोरियामा अहिले २८ हजार ५ सय अमेरिकी सैनिक तैनाथ रहेका छन् । दक्षिण कोरियाका लागि अ अमेरिकाले प्रत्येक वर्ष ९ सय मिलियन डलर सहयोग गर्दै आएको छ ।