अन्तर्राष्ट्रिय

डोनाल्ड ट्रम्प र अफगानिस्तानका राष्ट्रपतिबीच वार्ता

एजेन्सी। अफगानिस्तानका राष्ट्रपति मोहम्मद असरफ घानी र अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पकाबीचमा टेलिफोन वार्ता भएको छ । वार्ताका क्रममा उनीहरुबीच समसामयिक विषयमा कुराकानी भएको अफगान राष्ट्रपतिको कार्यालयले शुक्रबार जनाएको छ ।

आतङ्कवादी र अतिवादी विरुद्धको लडाइका विषयमा फोनबार्ता केन्द्रीत भएको कार्यालयद्वरा जारी वक्तव्यमा जनाइएको छ । दुई नेताहरुले अफगानिस्तानको सुरक्षा अवस्था, विकासको अवस्था, लगानी र आर्थिक अवस्थाका बारेमा पनि छलफल गरेका थिए ।

‘उहाँहरुले दुई देशको आपसी सहकार्य, दुई पक्षीय स्वार्थ र चुनौतीका विषयमा छलफल गर्नुभएको छ,’ वक्तव्यमा भनिएको छ । अफगानिस्तानका राष्ट्रपति घानीले सुरक्षा जिम्मेबारी निर्वाह गर्न निकै गाह्रो भइरहेको अफगानिस्तानको राष्ट्रिय सुरक्षा फौजलाई आवश्यक सहयोगका बारेमा आग्रह गरेका थिए ।

काबुल र बासिङ्गटनको राणनीतिक संवन्धका बारेमा उनीहरुबीच छलफल भएको वक्तव्यमा उल्लेख छ । कुराकानीका क्रममा अमेरिकी राष्ट्रपति ट्रम्पले घानीलाई चाडै नै भेट्न चाहेको बताएका थिए ।