राजनीति

किन मरिहत्ते गर्छन त आईजिपी बन्न उच्च प्रहरी अधिकृतहरु ?

igp-sign

सुर्यखबर बिश्लेषण-

काठमाण्डौ । नेपाल प्रहरीका आईजिपी सहित ११ जना एआईजिपीहरुको म्याद सोमबार सकिनु भन्दा अगाबै सरकारले आईतबार जयबहादुर चन्दलाई आईजिपीमा नियुक्त गर्यो । आईजिपी बन्नका लागि सामान्यतयाः ४ जना डिआईजिपीहरु राजनीतिक लविङ मिलाउन सकृय थिए । आईजिपीमा लाईन मिलाउन सकृय भएकाहरु मध्ये डिआईजिपी नवराज सिलवाल र जयबहादुर चन्दको नाम अलि बढि चर्चामा आयो । बाजी मारे जयबहादुर चन्दले । बाजीमारेको केहि घण्टामा नै बरिष्ठताका आधारमा आईजिपी नियुक्त गर्ने माग सहित परेको सर्बोच्च अदालतको रिटमा प्रधानन्यायधीष शुसिला कार्कीको एकल ईजलासले तत्कालका लागि सपथ नख्वाउनु भन्ने आदेश दियो ।

 दुईवटा  सर्बोच्चको आदेश, राजनीतिक दलहरुको बिबाद, जनताको समर्थन आदिलाई मधयनजर गर्दा आमसंचारमा डिआईजिपी नवराज सिलवाल राम्रो र काम गर्ने अनि बरिष्ठ डिआईजिपी भएकोले उनलाई नै आईजिपी बनाउनुपर्छ भन्ने बिचारहरु बढी प्रकट भएको सुनियो, पढियो र बुझियो ।

किन मरिहत्ते गर्छन त आईजिपी बन्न उच्च प्रहरी अधिकृतहरु ?

आईजिपी भनेको नेपाल प्रहरीको कार्यकारी प्रमुखको पद हो । यस पदमा बहाल रहदा मानसम्मान पाउने मात्र नभएर ईतिहास नै बन्ने गरेको छ । त्यसैका कारण प्रहरीका बरिष्ठ अधिकृतहरु यस पदमा आशीन हुनका लागि मरिहत्ते गर्ने गरेका छन् र उक्त पदमा रहन प्रयास गर्नु त्यो पदमा पुग्न योग्यता पुगेका प्रहरी अधिकृतको धर्म नै हो । प्रहरी महानिरीक्षक मुलुकको सिंगो प्रहरी प्रशासनको अभिभाबक हो । यसले मुलुकको समग्र शान्तिसुरक्षा देखि लागू औषध नियान्त्रण, कालोबजारी नियन्त्रण, गुण्डागर्दी अन्य देखि समग्र क्षेत्रसंग सहकार्य गरेर काम गर्नुपर्ने जिम्मेवारी राख्छ ।

गृहमन्त्री, गृहसचिब भन्दा तल रहेर काम गर्नुपरेपनि राजनीतिक खिचातानीका कारण सरकार परिवर्तन चाँडै हुने हुँदा आईजिपी भनेको स्थायी सरकार हो, निश्चित समयसम्म आईजिपी पद रहिरहन्छ । गृहमन्त्रीसंग ठूलै मतभेद हुंदा यदाकदा प्रधानमन्त्री कार्यलयमा सुरक्षा सल्लाहकार बनाएर अर्कैलाई आईजिपी बनाएको उदाहरण भएपनि उक्त पद प्रायः स्थायी नै हुन्छ । नामका साथै दाम पनि प्रशस्त कमाईने पद पनि हो आईजिपी । पूर्ब महानिरीक्षकहरु ठूला ब्यापारीक घरनासंग मिलेर ब्यावशाय गरिरहेका उदाहरणहरु प्रशस्त पाईन्छन् । उनीहरु आलिसान महलमा बस्छन् भने उनीहरुको जिबनयापन शैली बादशाही ढाँचाकाँचाको देखिन्छ । त्यसैका कारण पनि आईजिपी हुन योग्यता पुगेका प्रहरीका उच्च अधिकारीहरु साम, दाम दण्डभेद अपनाएर लागि पर्ने गरेका छन् ।

बरिष्ठ को हो त ?

बरिष्ठ भनेको प्रहरीको मर्म र भाबना अनुसार काम गर्ने कर्तब्यनिष्ट, कार्यक्षमता, योग्यता, दक्षतायुक्त डिआईजिपी आईजिपीका लागि बरिष्ठ हो । लोकसेवाको नियमअनुसार जो अगाडि नियक्त भयो त्यो नै बरिष्ठ हो । प्रहरी बढुवामा कसरी गर्ने त कामको मूल्याँकन ? मूल्याँकन गर्ने परिपाटी नै गलत छ, मुलुकको आईजिपी छान्ने प्रकृयामा ।

आफ्ना अनुकुलका मिडीयाहरुलाई आर्थिक प्रलोभनमा पारेर काम देखाएको प्रचारबाजी गरेर आईजिपी वा अन्य पदमा बढुवा वा राम्रो ठाँउमा सरुवा हुने प्रचलन नेपाल प्रहरीको पुरानै रोग हो । दुईदिन अगाडि बढुवा भएको भन्दा पनि एकैचोटी प्रहरी अधिकृत भएका दुई डिआईजिपीहरु दुबै बरिष्ठ हुन् । कि सर्बोच्च अदालतमा जस्तै प्रधानन्याधीष बन्नलाई कसैको घर धाउनु नपर्ने नियम आईजिपी नियुक्तीमा लागू हुनुपर्यो । कि अहिले भएको कानुन अनुसार नियुक्त भएको सरकारको निर्णयलाई सबैले मान्नु पर्यो ।

प्रहरी बढुवामा प्रहरी अधिकृतदेखि नै राजनीति नेतृत्वको ढोका धाउने प्रचलन छ । चारैजना डीआईजिपीहरु नवराज सिलवाल, जयबहादुर चन्द, प्रकाश अर्याल र बमबहादुर भण्डारी प्रहरी अधिकृत हुँदा संगै नियुक्ती भएका कारण सबै आइइजिपीका लागि योग्य हुन् ।

नवराज सिलवालले अन्तिम समयमा अन्तर्राष्ट्रिय बिमानस्थलको झण्डै ३४ किलो सुनकाण्डमा राम्रो काम गरेर देखाएका छन् भने जयबहादुर चन्दले तराईमा अपराधिक गिरोहलाई निश्तेज गर्न दर्जनभन्दा बढी अपराधीलाई सुट गरेका थिए । बर्तमान अवस्थामा लागू औषध नियन्त्रणका लागि सकृय रहेका नब नियुक्त आईजिपी रहेका चन्दले अरबौंको ब्यापारीक घरना समेत रहेको संघाई ग्रुपका सदस्यलाई समेत नियन्त्रणमा लिई चिसो छिँडीमा राखेर लागू ओषध नियन्त्रणका लागि उल्लेखनीय काम गरेका छन् ।

डिआईजिपी प्रकाश अर्काल पनि ट्राफिकमा प्रमुख भएकाले महत्वपूर्ण कामहरु गर्दै आएका छन्, उनी यसभन्दा अगाडि सिआईबीका प्रमुख थिए । अर्का डिआईजीपी बमबहादुर भण्डारीले भर्खरमात्र नयाँ काम गरेका उदाहरण सहित पत्रकार सम्मेलनमार्फत सार्बजनिक गरेका थिए ।

अझ ४ जना मात्र होईन सबै भएका २६ जना डिआईजिपीहरु आईजिपी बन्न योग्य छन् । आईजिपी जो भएपनि राजनीतिक स्थीरता नहुन्जेलजसम्म नयाँ काम केहि नगर्ने बिज्ञको दाबी छ । प्रहरी महानिरीक्षक बन्नमा अरु सबै क्षमता भएर पनि राजनीकि नेतृत्वसंसंगको सम्बन्धले पनि मुख्य अशर गर्ने गर्दछ ।

डा. बाबुराम भट्टराई प्रधानमन्त्री भएका बेला सातौं नम्मरका सचिब लीलामणी पौडेललाई मूख्यसचिब नियुक्ती गर्दा त्यस्तै बिरोध भएको थियो । बर्तमान अवस्थामा जनताले लीलामणी पौडेलको प्रशंशा गरेको सुन्न सकिन्छ, यसबाट बढुवामा राजनीतिक नेतृत्वसंगको सम्बन्धले पनि महत्वपूर्ण अर्थ राख्ने ज्वलन्त उदाहरणहरु छन् ।

बिज्ञको बिचारमा कसलाई बनाउदा ठीक त ?

बढुवामा छताछुल्ल हुनेगरी बिबाद आएमा जनताको प्रहरीमा मात्र नभएर राजनीतिप्रतिको बिश्वाशनीयता गुम्ने खतरा हुने र यसको प्रत्यक्ष असर मुलुकको शान्तिसुरक्षामा असर पर्ने बिज्ञहरुको राय छ । पूर्ब गृहप्रशाशनका बिज्ञ समेत रहनुभएका बुद्धिजिबी खड्गराज शर्मा आचार्य बताउनुहुन्छ, जबसम्म इमान्दार र योग्य ब्यक्तीहरुलाई राज्यले प्रश्रय दिदैन तबसम्म देशमा प्रजातान्त्रीकरण सवल हुने सम्भाबना हुदैन । नेपाल प्रहरीको आईजिपी बढुवा जस्तो गरिमामय पदमा नियुक्त गर्दा बरिष्ठता, योग्यता, कार्यदक्षता, इमान्दारिता सबैलाई मध्यनजर गरी कानुनसम्मत तरिकाले गर्नु राम्रो हुन्छ । यसबाट प्रहरी प्रशासन सक्षम हुने र देशको शान्ती शुरक्षा प्रभाबकारी हुनेमा मतक्य रहदैन ।