अन्तर्राष्ट्रिय

अमेरिकी विदेश मन्त्रीले चीन भ्रमण गर्दै

एजेन्सी । अमेरिकी विदेश मन्त्री रेक्स टिलर्सन चीनको दुइ दिने औपचारिक भ्रमणमा आउने भएका छन् ।  चिनियाँ विदेश मन्त्री वाङ यीको निमन्त्रणमा आगामी मार्च १८ देखि १९ सम्म अमेरिकी विदेश मन्त्री चीन भ्रमणमा आउन लाग्नु भएको चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले बुधबार जानकारी दिएका हुन् ।

यस भ्रमणको क्रममा चीन र अमेरिकाबीचको द्विपक्षीय दौंत्य सम्बन्ध पुनर्ताजगिकरण गर्ने सम्बन्धमा बिचार बिमर्श गरिने तथा क्षेत्रीय र अन्तर्राष्ट्रिय साझा मुद्दाहरुमा छलफल गर्दै दुबै देशले आ–आफ्ना धारणा प्रस्तुत गर्ने समेत विदेश मन्त्रालयका प्रवक्ता ह्वा चुन्यिङले जानकारी दिएका छन् ।