राजनीति

मेची–महाकाली अभियानको अन्तिम सभामा गोविन्द गौतमलाई सम्झदै ओलीले गरे महत्वपूर्ण घोषणा

कञ्चनपुर । नेकपा एमालेले एक हप्ताअघि एसएसबीद्धारा हत्या गरिएका गोविन्द गौतमको परिवारलाई ५ लाख सहयोग गर्ने घोषणा गरेको छ । बिहीबार कञ्चनपुरको महेन्द्रनगरमा आयोजित मेची–महाकाली अभियान अन्तर्गतको अन्तिम सभालाई सम्बोधन गर्दै अध्यक्ष केपी ओलीले सो सहयोगको घोषणा गरेका हुन् ।

केहीदिन अघि कञ्चनपुर पुनर्वास नगरपालिका आनन्द बजारका गोविन्द गौतमको भारतीय सीमा सुरक्षा बलका जवानको गोली लागि मृत्यु भएको थियो ।

अध्यक्ष ओलीले पीडित परिवारलाई राहात सहयोगको घोषणा गरेलगत्तै ५ लाख रुपैयाँको चेक स्थानीय पार्टी कमिटीलाई हस्तान्तरण गरेका थिए । उक्त चेक एमाले कञ्चनपुरका अध्यक्ष तारा लामाले बुझेका छन् । स्थानीय पार्टी कमिटीले पीडित परिवारलाई सो चेक हस्तान्तरण गर्ने जनाइएको छ ।

सभामा बोल्दै अध्यक्ष ओलीले भारतीय प्रहरीको ज्यादतीविरुद्ध कडा आलोचना गरे । सभामा बोल्दै अध्यक्ष ओलीले सहिदका छोराछोरीलाई कसैले नहेरे एमालेले हेर्ने बताए । यद्यपि, सरकारले यसअघिनै मारिएका गौतमलाई सहिद घोषणा गर्ने र उहाँका छोराछोरीलाई निशुल्क अध्ययनको व्यवस्था गर्ने घोषणा गरिसकेको छ ।