अन्तर्राष्ट्रिय

यसकारण, उत्तरकोरियाका राष्ट्रप्रमुख किम एक्कासि खुसीले उफ्रिए !

एजेन्सी । उत्तर कोरियाले फेरि एकपटक उच्च प्रविधियुक्त रकेटको परीक्षण गरेको छ । उत्तरकोरियाका राष्ट्र प्रमुख किम जोङ उनको प्रत्यक्ष उपस्थितिमा उत्तरकोरियाली सेनाले सो रकेट परीक्षण गरेको हो ।

यो रकेट परीक्षणले विश्वमै उच्चस्तरको स्याटेलाइट परीक्षणको ढोका खुलेको भन्दै उत्तरकोरियाले खुसी मनाएको त्यहाँको सरकारी समाचार संस्था केसीएनले जनाएको छ ।

रकेट परीक्षणपछि राष्ट्रप्रमुख उनले आफ्नो देशमा रकेट उद्योगको नयाँ जन्म भएको भन्दै खुसी भएका थिए । अन्तर्राष्ट्रिय सञ्चारमाध्यामहरुका अनुसार उत्तरकोरियाको रकेट क्षमता अब नयाँ स्तर पुगेको दाबी त्यहाँका सञ्चारमाध्यामहरुले गरेका छन् ।