पु.समाचार

पेप्सी र कोकाकोलाको विक्रि वितरण बन्द !

तामिल नाडु । स्थानिय उत्पादनलाई प्रर्वद्धन गर्न भन्दै भारतको दक्षिणी राज्य तामिल नाडुका व्यापारीहरुले बहुराष्ट्रिय कम्पनी कोकाकोला र पेप्सीका उत्पादन, र बिक्रिवितरण बन्द गरेका छन् ।

तामिल नाडु राज्यका ठूला दुई व्यापारीहरुको संगठनले कोकाकोला र पेप्सीका उत्पादन बन्द गर्ने निर्णयको प्रस्ताव गरेकोमा बुधबारबाट उक्त निर्णय लागू भएको बिबिसीले जनाएको छ ।

भारतीय बेभरेज एशोसियसन (आइबीए)ले प्रतिबन्धले आफूहरु अचम्मित भएको जनाएको छ । बिहीबारको नागरिकमा लेखिएको छ, भारतको सफ्ट ड्रिक्सं उत्पादकको प्रतिनिधित्व गर्ने आइबीएले प्रतिबन्ध आर्थिक उन्नतीको सर्वव्यापी मान्यता विपरित भएको बताएको छ ।