समाचार

होलीमा सचेत रहन आग्रह

काठमाडौं । फागु पूर्णिमा (होली)का दिन अर्काको इच्छा विपरीत जबरजस्ती रङ दल्ने, प्लास्टिकजन्य लोला हान्ने, फोहोर छ्याप्ने तथा महिला बालबालिका लगायत बाटामा हिँड्ने व्यक्तिलाई दुख हैरानी तथा कष्ट दिने कार्य नगर्न गृह मन्त्रालयले सबैसँग अनुरोध गरेको छ ।

मन्त्रालयद्धारा जारी वक्तव्यमा त्यस्तो काम कोही कसैले नगर्न नगराउन र वातवरण तथा जनस्वास्थ्यमा प्रतिकुल असर पार्ने लोलाको आयात र विक्रीवितरण नगर्न अनुरोध गरेको छ ।

शनिबारको नेपाल समाचारपत्रमा लेखिएको छ, सूचनाविपरीत कसैले इच्छा, स्वीकृतिबिना रङ दल्ने र लोला हान्ने काम गरेमा कानुनबमोजिम कारबाही हुने मन्त्रालयले जनाएको छ ।