अन्तर्राष्ट्रिय

सिआइएले जासुसी गरिरहेको खुलासा !

वासिङ्टन । अमेरिकाको केन्द्रिय गुप्तचर संस्था (सिआइए) ले विभिन्न प्रकारका ह्याकिङ उपकरणमार्फत जासुसी गरिरहेको विषयमा हजारौं गोप्य कागजात विकिलिक्सले सार्वजनिक गरेको बिबिसीले जनाएको छ ।

बिहीबारको नागरिकमा लेखिएको छ, स्वतन्त्र रुपमा पुष्टि भइनसकेका ती कागजातले सिआइएले स्मार्ट फोन र कम्प्युटरबाट व्यक्तिगत विवरणहरुमा पहुँच पुर्याउन प्रयोग गरिएको मालवेयर भनिने भाइरस बारेको विवरण दिएको समेत बताइएको छ ।

सिआइएका प्रवक्ताले भने उक्त कागजातमा उल्लेखीत सामाग्री र त्यसको आधिकारिकताबारे प्रतिक्रिया नजनाउने बताएका छन् ।