समाचार

कञ्चनपुरमा नेपाली मारिएपछि बोल्यो भारत, दियो यस्तो प्रतिक्रिया !

काठमाण्डौ । बिहीबार कञ्चनपुरको सिमा क्षेत्रमा भएको झडपबारे काठमाण्डौस्थित भारतीय राजदूतावासले प्रतिक्रिया दिएको छ । भारतीय दूतावासले सो झडपमा भारतीय सिमा सुरक्षा बलको गोलीबाट नेपाली मारिएको भन्ने समाचारको खण्डन गर्दै प्रतिक्रिया दिएको हो ।

दूतावासले बिहीबार ट्वीट गर्दै एसएसबीले गोली नचलाएको जनाएको छ । ट्वीट गर्दै दूतावासले भनेको छ, ‘आनन्दबजारस्थित सीमाक्षेत्र नजिक एसएबीले गोली चलाएको घटनालाई कडा रुपमा अस्वीकार गरिन्छ ।’  तर नेपाली पक्षले सिमानामा भएको झडपमा एसएसबीकै गोलीबाट नेपाली मारिएको दाबी गरेको छ ।
बिहीबार कञ्चनपुरको आनन्दबजारमा प्रदर्शनरत नेपालीमाथि एसएसबीले चलाएको गोली लागि स्थानीय गोविन्द गौतमको मृत्यु भएको जनाइएको थियो । दूतावासले स्थितिलाई सामान्य पार्न दुवै पक्षबीच आपसी समन्वय गर्न निर्देशन समेत दिएको छ ।