राजनीति

राष्ट्रपतिको भारत भ्रमणमा सरकारले बिदा दिनुमा परराष्ट्रवीदसंगै सर्बसाधारणले गरे यस्तो बिरोध

काठमाण्डौ । राष्ट्रपति बिद्यादेबी भण्डारीको बैसाख ४ गते सोमबारबाट बैसाख ८ गते शुक्रबार सम्मको लागी भारत भ्रमण तय भएको छ । उक्त भ्रमणका लागि भारत गएको दिन र नेपाल फर्किएको दिन सरकारले आईतबारको क्याबिनेट बैठकबाट सार्बजनिक बिदा दिने घोषणा गरेको छ ।
रामबरण यादब राष्ट्रपति भएकोबेला २०६६ सालमा राजामाहाराजाका पालामा राष्ट्रप्रमुख बिदेश भ्रमण गर्दा र आउदा हुने सरकारी बिदा बन्द गरिएको थिायो । तर राष्ट्रपति बिद्यादेबी भण्डारीले बिदा नगर्न भनेर हल्ला गरेपनि उनकै आग्रहमा सरकारले बिदा दिएको स्रोतको दाबी छ । भण्डारीको बिदेश भ्रमण यो भन्दा अगाडी तय भएपनि राजनीतिक कारणले रोकिएको थियो । राष्ट्पतिका सल्लाहाकार शुशील प्याकुरेलले राष्ट्रपति ज्यूले भ्रमणमा बिदा दिनु नपर्ने बिचार राखेको बताएका भएपनि उनले मीडीयामा सार्बजनिक रुपमा अहिलेसम्म प्रतिकृया दिएकी छैनन् ।

राष्ट्रपतिको बिदेश भ्रमण स्वागतयोग्य भएपनि भ्रमणको दिन र आवागमनको दिन बिदा दिने सरकारी निर्णयप्रति फेसबुक, ट्वीटर लगायतका सामाजीक संजालमा तीब्र बिरोधका स्वरहरु आएका छन् ।
समाजीक संजालमा बिरोध गर्नेहरुमा पुर्बपरराष्ट्रमन्त्री रमेशनाथ पाण्डे अग्रपंतीमा रहेका छन् । उनले रास्ट्रपतिले विगत ११ बर्षमा विदेशको राजकीय भ्रमण दोस्रो पटक गर्ने मौका बल्लतल्ल प्राप्त भयो । बिश्वसमुदायबाट एक्लीएको, छिमेकीहरूबाट हेपिएको चेत पलाएर कमजोरी हटाउने सट्टा सेरिमोनियल रास्ट्रपती जादा र फर्किदा देशभरी छुट्टि दिएर खुसियाली मनाउने निर्णय गरेको छ। दक्षिण एसियामा अन्तरास्ट्रिय सम्बन्धको सबैभन्दा लामो इतिहास भएको नेपाललार्इ यस्तो हबिगतमा पुराउदा पनि आत्मकेन्द्रीत शासकहरूको चेत किन नपलाएको होला  !’  भनेका छन् ।

त्यस्तै उद्योग बाणिज्य माहासंघका नबनिर्बाचित केन्द्रीय सदस्य रञ्जीत आचार्यले राष्ट्रपति बिदेश भैमणमा जाँदा यस्तो तीखो टीप्पणी गरेका छन् उनले भनेका छन्, विरोधका लागि गरिने नेपाल बंद अनि भिआईपी भ्रमणकालागि दिईने सार्वजनिक विदामा फरक के छ सोच्दै छु तर समानता चाहिं दुवै जनता माथि थोपरेकै हो ।’
चित्र केसी, संबैधानीक समिति पुर्ब सभापति नीलाम्बर आचार्य, एनआरएनका नेता पुष्प थापा, रश्मी आचार्य, लक्ष्मण कंडेलले राष्ट्रपतिको भ्रमणमा सरकारले बिदा दिने निर्णयको बिरोध गरेका छन् ।

सरकारको बिदा दिने निर्णयः

भ्रमणको बिरोधमा सामाजीक संजालमा उर्लिएको बिरोधका स्वरहरु जस्ताको तस्तै:-