अन्तर्राष्ट्रिय

जेलमुक्त भए चिनियाँ नोबेल पुरस्कार विजेता लिउ

एजेन्सी । चिनियाँ नोबेल शान्ति पुरस्कार विजेता लिउ शियाओबो हिरासतबाट मुक्त गरेर अस्पतालमा सारिएको छ । कलेजोमा निको नहुने क्यान्सरबाट पीडित भएको पाइएपछि उनलाई मानवीय आधारमा मुक्त गरिएको बताइएको छ।

मानवअधिकार अभियानकर्ता लिउ बृहत प्रजातन्त्रको आह्वान गर्दा सन् २००९ मा राज्यविरुद्धको अपराधको अभियोगमा हिरासतमा परेका थिए ।

उनका वकीलले लिउ उत्तरी प्रान्तस्थित एउटा अस्पतालमा उपचाररत् रहेको बताएका छन्। उनलाई क्यान्सर लागेको एक महिनाअघि पत्ता लागेको बीबीसीले जनाएको छ ।