चक्रघट्टी । सुनसरीको बराह नगरपालिकामा नेकपा एमालेका तर्फबाट मेयरका उमेर्द्वार निलम खनाल अग्रस्थानमा छन् । काँग्रेसबाट मेयरका उम्मेद्वारले बिष्टले १०३४४ मतल्याएका छन् भने १३२२० मत सहित खनालले भारी मतका साथ अग्रस्थान कब्जा गरेका छन् ।
उपमेयरमा पनि एमालेले अग्रता लिएको छ, उपमेयरमा एमालेकी उमेर्द्वारले १३३८२ मत ल्याएकी छन् भने काँग्रेसकी पुजा धामीको १०१९२ मत छ । माओबादी केन्द्र मेयरमा- २२६० र उपमेयरमा -१४१३ मतसहित तेस्रो स्थानमा छ ।
वडा नम्बर १, र ६ काँग्रेसले जितेको छ भने ३,४,५, ७, ८, ९, १० एमालेले जितेको छ, ११ नम्बर वडाको मगगणना कार्य जारी छ । उक्त क्षेत्रमा नेकपा एमालेका केन्द्रीयसचिव भीम प्रसाद आचार्य ०६४ र ०७० को संबिधानसभा निर्बाचनमा प्रत्यक्ष निर्बाचित भएका थिए ।
नेकपा एमालेले उक्त क्षेत्रलाई आफ्नो गण मान्दै आएको छ । सुनसरीको उत्तरी क्षेत्रमा पर्ने उक्त नगरमा बराहक्षेत्र जस्तो प्रशिद्ध तिर्थस्थल र सप्तकोशीको पूर्वी भाग पर्छ ।