पु.समाचार

महाकाली नगरपालिकामा कांग्रेस भारी मतका साथ विजयी

कञ्चपुर । नेपाली कांग्रेसको गढ क्षेत्रको रुपमा चिनिने कञ्चनपुरको महाकाली नगरपालिकामा कांग्रेस विजयी भएको छ । सो नगरपालिकामा कांग्रेसका मेयरका उम्मेद्वार वीरबहादुर सुनार ५१३४ मत ल्याएर विजयी भएका हुन् ।

उनका निकटतम प्रतिद्धन्द्धी एमालेका किशोर लिम्बुले ४३७१ मत प्राप्त गरेका छन् । उपमेयरमा एमालेकी चिनी गिरी निर्वाचित भएकी छन् । उनले ५२ सय ७१ मत प्राप्त गरेकी छन् ।

उनका निकटतम प्रतिद्धन्द्धी कांग्रेसकी गंगादेवी जोशीले ४७ सय १६ मत प्राप्त गरेकी छन् ।