पु.समाचार

भर्खरै प्राप्त परिणामअनुसार पाँच जिल्लामा कांग्रेसको अग्रता र विजयी सुरुवात

काठमाण्डौ । आइतबार बिहानको मतपरिणाम अनुसार सुनसरीको इनरुवा नगरपालिकामा कांग्रेसले अग्रता कायम गरेको छ । कांग्रेसका मेयरका उम्मेद्वारले ६०७६ मत प्राप्त गरेका छन् भने उपमेयरका उम्मेद्वारले ५७१९ मत प्राप्त गरेका छन् । त्यस्तै, एमालेका मेयरका उम्मेद्वार ४३५४ मत प्राप्त गरेका छन् भने उपमेयरका उम्मेद्वारले ४०५१ मत प्राप्त गरेका छन् ।

त्यस्तै, दार्चुलाको व्यास गाउँपालिकामा पनि कांग्रेसको अग्रता देखिएको छ । सो गाउँपालिकामा कांग्रेसका अध्यक्षका उम्मेद्वार दिलिपसिंह बुढाथोकीले १५१० मत प्राप्त गरेका छन् । त्यस्तै कांग्रेसकै उपाध्यक्षकी उम्मेद्वार हेमा भट्टले १३१५ मत प्राप्त गरेकी छन् भने एमालेका अध्यक्षका उम्मेद्वार दिलिपसिंह डडाल र उपाध्यक्षकी उम्मेद्वार तिरा कुँवरले क्रमसः १२७० मत र १२२६ मत प्राप्त गरेकी छन् । त्यस्तै, माओवादी केन्द्रका उपेन्द्र कुँवरले ४८९ मत प्राप्त गरेका छन् भने उपाध्यक्षका उम्मेद्वारले ६७९ मत प्राप्त गरेकी छन् ।

त्यस्तै, नवलपरासीको रामग्राम गाउँपालिकामा नेपाली कांग्रेसको जित पक्काजस्तै भएको छ । अहिले सो गाउँपालिकाको अन्तिम वडामा मतगणना चलिरहेको छ । सो गाउँपालिकामा नेपाली कांग्रेसका प्रमुखका उम्मेद्वारले ५१९३ मत प्राप्त गरेका छन् भने उपप्रमुखका उम्मेद्वारले ५९३१ मत प्राप्त गरेका छन् । त्यस्तै पाल्पाको रामपुर नगरपालिकामा पनि मतगणना चलिरहेको छ । सो नगरपालिकामा पनि कांग्रेसको अग्रता देखिएको छ ।

सो नगरपालिकाका कांग्रेसका मेयरका उम्मेद्वारले ६८७५ मत प्राप्त गरेका छन् भने एमालेका उम्मेद्वारले ६६९० मत प्राप्त गरेका छन् । त्यस्तै, एमालेका मेयरका उपमेयरका उम्मेद्वारले ६८३४ मत प्राप्त गरेका छन् भने कांग्रेसका उपमेयरका उम्मेद्वारले ६५८१ मत प्राप्त गरेका छन् ।

त्यस्तै, खोटाङको बराहपोखरी गाउँपालिकामा कांग्रेसले जित हासिल गरेको छ । सो गाउँपालिकाको अध्यक्षमा कांग्रेसका शालिकराम बञ्जरा १९७१ मत प्राप्त गरी विजयी भएका छन् भने उनको प्रतिद्धन्द्धी एमालेका गणेशप्रसाद कोइरालाले १७३२ मत प्राप्त गरेका छन् । त्यस्तै उपाध्यक्षमा एमालेकी गोमा मगरले १८४४ मत प्राप्त गरी विजयी भएकी छन् । उनकी प्रतिद्धन्द्धी कांग्रेसकी निर्मला राईले १७०० मत प्राप्त गरेकी छन् ।