समाचार

यस्तो छ भर्खरैको तीन प्रदेशको सम्पूर्ण मतपरिणाम

काठमाण्डौ । दोश्रो चरणको निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । असार १४ गते भएको ३ प्रदेशको निर्वाचनको मतपरिणाम अनुसार नेकपा एमाले र नेपाली कांग्रेसबीचमा प्रतिस्पर्धा भइरहेको देखिएको छ ।  सोमबार बिहानको मतपरिणाम अनुसार नेकपा एमालेले १०१ ओटा स्थानीय तहमा विजयी हासिल गरेको छ भने नेपाली कांग्रेसले ८९ स्थानमा विजयी हासिल गरेको छ । त्यस्तै माओवादी केन्द्रले २९ स्थानमा विजयी हासिल गरेको छ । उता, राप्रपाले सोमबार जितको खाता खोलेको छ ।

फोरम–नयाँ शक्तिले ६ स्थानमा जित हासिल गरेको छ । त्यस्तै फोरम लोकतान्त्रिकले २ स्थानमा जित हासिल गरेको छ भने अन्य दलहरुले २ स्थानमा जित हासिल गरेका छन् ।

त्यसैगरी नेकपा एमालेले ४२ स्थानमा अग्रता लिइरहेको छ भने नेपाली कांग्रेसले ३८ स्थानमा अग्रता हासिल गरिरहेको छ । माओजादी केन्द्रले ९ स्थानमा अग्रता हासिल गरिरहेको छ ।

त्यस्तै, पछिल्लो मतपरिणाम अनुसार फोरम र नयाँ शक्तिले १ स्थानमा फोरम लोकतान्त्रिकले ३ स्थानमा अग्रता लिइरहेको छ भने अन्य स्वतन्त्र र साना दलहरुले ४ स्थानमा अग्रता लिइरहेका छन् ।