तुलसीपुर । दाङको बबई गाउँपालिकाको अध्यक्षमा नेकपा (एमाले)का भुवनेश्वर पौडेल चार हजार २७१ मत ल्याएर विजयी भएका छन् ।उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँगे्रसका कुलबहादुर केसीले तीन हजार ९५९ मत प्राप्त गरेका छन् ।
त्यसैगरी, उपाध्यक्षमा एमालेकै सावित्रा विश्वकर्माले चार हजार ४१० मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका देवकुमारी केसीले तीन हजार ९३५ मत ल्याउनुभएको निर्वाचन अधिकृत बाबुराम गौतमले जानकारी सोमबार जानकारी दिए ।
सोह्र हजार ८७ मतदाता रहेको बबई गाउँपालिकामा ११ हजार ९०८ मत खसेको थियो ।