समाचार

सशस्त्र प्रहरीभित्र फेरि एक अर्कालाई सिध्याउने खेल सुरु

काठमाण्डौ । विवादै विवादमा परेर सांगठनिक रुपमा बदनामी कमाएको सशस्त्र प्रहरीबलभित्र फेरि एकले अर्कालाई सिध्याउने खेल सुरु भएको छ । स्थापना भएको १७ बर्षमा ९ वटा प्रमुख फेरेको सो संगठनका ४ जनामाथि भ्रष्टाचारको अभियोग लागेर अहिले अदालत धाइरहेका छन् ।

बहालवाला प्रमुख हुँदा नै भ्रष्टाचारको अभियोग लागेर निलम्बनमा परेका तत्कालिन सशस्त्र प्रहरी महानिरीक्षक कोषराज वन्त नेपालको सुरक्षा इतिहासमा कलंक लागेर निलम्बनमा पर्ने पहिलो व्यक्तिको रुपमा दर्ता भएका छन् । पछिल्लो पटक गर्न लागेको ऐन संशोधनले संगठनभित्रका उच्च अधिकारीबीच तिक्तता उत्पन्न गराइदिएको छ ।

बिहीबारको नेपाल समाचारपत्रमा लेखिएको छ, सो संगठनभित्र ३० बर्षे सेवा अवधि हटाउने र सेवा अवधि ३२ बर्षे बनाउने खेलमा संगठनका प्रमुख नै लागेपछि विवादले उग्र रुप लिएको छ ।