पु.समाचार

राजपा नेता यादवले दिए कडा चेतावनी

काठमाण्डौ । राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका सदस्य महेन्द्र राय यादवले एक साताभित्र संविधान संशोधन प्रस्ताव पारित नगरे अब आफुहरु संसद छाडेर सडकमा जाने चेतावनी दिएका छन् । शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै यादवले सो चेतावनी दिएका हुन् ।

नेता यादवले आफुहरु पर्ख र हेरको नीतिमा रहेको बताउँदै १२ महनिासम्म सत्तारुढ गठबन्धनसँग गरिएको वार्ताले अन्तिम परिणाम नदिएको बताए उनले भने, ‘अब एकहप्ताभित्र संविधान संशोधन पारित नभए हामी संसद छाडेर आन्दोलनमा होमिन्छौ ।’

नेता यादवले एमालेले मधेसी र जनजातीको पक्षमा नबोलेको आरोप लगाउँदै उसले त्यसको पक्षमा बोल्नुपर्नेमा जोड दिए । यद्यपि, उनले सरकारले एकहप्ताभित्र संशोधन प्रस्ताव पास गर्ने तयारी गरिरहेको पनि स्पष्ट पारे ।