राजनीति

कृष्ण प्रसाद भट्टराई मेरा आदर्श नेता हुनुहुन्छ – प्रधानमन्त्री देउवा

काठमाडौँ । प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेपालको बहुदलीय प्रजातन्त्र स्थापनामा पूर्वप्रधानमन्त्री स्व कृष्णप्रसाद भट्टराईको योगदान अतुलनीय रहेको बताएका छन् ।

‘संसदीय अध्ययन तथा विकास संस्थापना’ले मंगलबार काठमाण्डामा आयोजना गरेको ‘कृष्णप्रसाद भट्टराई प्रवचनमाला’ कार्यक्रममा उनले प्रजातान्त्रिक आन्दोलनदेखि सत्याग्रहसम्ममा स्व भट्टराईको नेतृत्व सदैव सफल एवम् प्रेरणादायी रहेको चर्चा गरे । सार्थ प्रधानमन्त्री देउवाले पूर्व प्रधानमनत्री भट्टाई आफ्ना आदर्श व्यक्ती भएको समेत खुलासा गरेका छन् ।

आजीवन प्रजातन्त्रको लडाईं लडेका पूर्व प्रधानमन्त्री भट्टराईको बारेमा अझै धेरै कुरा खोज अनुसन्धान गर्न बाँकी रहेको धारणा राख्दै प्रधानमन्त्री देउवाले त्यस सम्बन्धमा आयोजक संस्थालाई आवश्यक कार्य गर्न आग्रह गरे ।

कार्यक्रममा संस्थापनाका अध्यक्ष एव्म पूर्वसभामुख दमननाथ ढुङगानाले मुलुक र जनताका हितमा समर्पित नेतालाई सम्झने परम्परा बसाल्नु आजको आवश्यकता रहेको उल्लेख गर्दै स्व भट्टराईले राजनीति र नैतिकतालाई संँगसँगै लगेर उदाहरणीय काम गरेको स्मरण गरे ।

कार्यक्रममा पूर्वमन्त्री योगप्रसाद उपाध्याय, संस्थापनाका उपाध्यक्ष एवम् पूर्वमन्त्री भक्तबहादुर बलायर, वरिष्ठ पत्रकार युवराज घिमिरेलगायत विशिष्ट व्यक्तीत्वहरुले स्व भट्टराई एक नैतिक र आदर्शवान नेता भएको विचार व्यक्त गर्दै नेपालको प्रजातान्त्रिक आन्दोलनमा उहाँले दिनु भएको योगदानका बारेमा चर्चा गेका थिए ।