पु.समाचार

लौ हेर्नेहोस्, राष्ट्रिय जनता पार्टीले नेपालको राजनीतिक इतिहासमै रेकर्ड तोड्यो !

काठमाण्डौ । राष्ट्रिय जनता पार्टीले आफ्नो केन्द्रीय समितिको विवरण सार्वजनिक भएको छ । बुधबार निर्वाचन आयोगमा दल दर्ता गर्न पुगेको राजपाले आयोगलाई झण्डै १ हजार केन्द्रीय सदस्यसहित १ सय ३४ जना पदाधिकारीको लिष्ट बुझाएको हो । आयोगमा बुझाइएको विवरण अनुसार सो पार्टीका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर रहेका छन् भने अन्य दलका अध्यक्ष र अन्य पदाधिकारी अध्यक्ष मण्डलका सदस्य रहेका छन् ।

त्यस्तै, सो पार्टीमा रहने अहिलेसम्म नेपालमा रहेका अन्य दलहरुको केन्द्रीय समितिको रेकर्डलाई तोड्ने किसिमले पदाधिकारीको टिम बनाएको देखिएको छ । सो पार्टीमा अहिले ३ जना वरिष्ठ नेता, ३ जना सहअध्यक्ष, ८ जना वरिष्ठ उपाध्यक्ष, २४ जना उपाध्यक्ष, ३१ जना महासचिव, ३४ जना सहसचिव, १२ जना सचिव, ५ सहकोषध्यक्ष, ६ जना प्रवक्ता र केही सहायक प्रवक्ता रहेका छन् ।

सो पार्टीको जम्बो केन्द्रीय समितिमा ८ सय १५ जना केन्द्रीय सदस्य रहेका छन् । जसमध्ये मधेसी दलहरुबाट प्रतिनिधित्व गर्ने दलहरुबाट प्रतिनिधित्व भएको छ । जसमा २ सय ५ तमलोपाबाट, सदभावना पार्टीबाट १ सय ६८, तमसपाबाट १ सय ३१,रामसपाबाट १ सय १ जना, नेपाल सदभावना पार्टीबाट १ सय ६० फोरम गणतान्त्रिकबाट ५० जना रहेका छन् ।