काठमाण्डौ । मुलुकमा सम्पन्न स्थानीय निर्वाचनमार्फत पहिलो र प्रभावशाली पार्टीको रुपमा देखिएको नेकपा एमाले र उसको पार्टी संगठनभित्र देखिएको उर्जाबारे यसबेला सबैतिर चर्चा भैरहेको छ ।
एमालेले आफ्नो संगठनलाई कसरी व्यवस्थित पार्न सक्यो र यति ठूलो परिणाम हासिल गर्न सक्यो भन्ने कुरामा बहस हुनु स्वाभिाविक पनि हो । तर चुनावअघि सम्म सो पार्टीभित्र दुई समुहबीच निकै ठूलो टक्कर रहेको एमालेले अनपेक्षित रुपमा विजयी हासिल गरेपछि सबै आश्चर्य चकित भएका छन् ।
त्यसो भए अब के एमालेभित्र गुटगत राजनीति सकिएकै हो त ? अहिले त्यहाँभित्र अन्तरसंघर्ष छ कि छैन होला ? यी आदि प्रश्नहरु उठ्न सक्छन् ।
वास्तवमा एमालेभित्र अहिले पनि गुटगत अस्वस्थ प्रतिस्पर्धा जारी छ । चुनावको बेला बाहिर एकढिक्का भएझै देखिएको एमालेमा अबका दिनमा फेरि ठूलो आन्तरिक संघर्ष हुने सम्भावना प्रवल देखिन्छ । किनभने उक्त पार्टीभित्र अध्यक्ष केपी ओलीको नेतृत्वमा पार्टी सफल भएको देख्न नचाहाने एउटा ठूलो पंक्ति अहिले पनि देखिन्छ ।
चाहे त्यो माधव नेपाल समुहको रुपमा होस् वा अन्य कुनै नाममा होस् । एमालेमा गुटगत समुह झन् बलियो हुँदै जाने परिस्थिति बन्दैछ ।
चुनाव सकिएलगत्तै गृहजिल्ला झापा पुगेर एमाले अध्यक्ष ओलीले पार्टीभित्र थुप्रै जिल्लामा अन्तरघात भएको र अन्तरघात गर्ने कार्यकर्ताहरुलाई कार्वाही गर्ने जनाएका छन् ।
एमालेका कार्यकर्ताबाट जहाँ–जहाँ अन्तरघात भएको छ, त्यहाँ चुनावी टिकट वितरणमा देखिएको समस्याका कारण टक्कर देखिएको छ ।
चुनावमा टिकट नपाउनेमा माधव नेपाल समुह बढी देखिन्छ भने केही ठाउँमा ओली समुहका कार्यकर्ताहरु पनि छन् । एमालेले अहिले चुनाव सम्पन्न भएका अधिकांश स्थानीय निकायमा आफ्नो जित हासिल गरेको छ ।
यही जित भोली उसका लागि अभिसाप बन्ने सक्ने प्रवल सम्भावना देखिदै गएको छ, किनभने पार्टीको आन्तारिक व्यवस्थापन नगरी भएको चुनावी परिणाम पछि आफ्नै पार्टीको विपक्षी गुटले सहयोग नगर्दा विगतमा एमालेलाई किनै ठूलो धक्का लागेको थियो । अहिले पनि सो परिणाम दोहोरिदैछ ।
अध्यक्ष ओली र नेता नेपालबीच राम्रै सम्बन्ध भएपनि सांगठानिक व्यवस्थापनका सवालमा भने बेला बेलामा मनमुटाव हुने गर्छ र त्यो बाहिर उत्कर्षको रुपमा देखिने गर्छ ।
कहिले युवा संघको नाममा होस् त कहिले विद्यार्थी संगठनको नाममा होस्, त्यो उत्कर्ष बेला बेलामा बाहिर आइरहेको हुन्छ । अहिले पनि त्यो मनमुटाव र गुटगत समुह सक्रियनै देखिन्छन् ।
केही समयअघि मात्र युवा संघमा अध्यक्ष राजीव पहारी र उपाध्यक्ष दिलु पन्तबीच निकै चर्को आरोप–प्रत्यारोप चलेको थियो । उनीहरुले समानान्तर कमिटी बनाउने उद्घोषनै गरेका थिए । तर लगत्तै स्थानीय चुनाव सुरु भएकोले पार्टी नेतृत्वले त्यसलाई थामथुम पारेको थियो ।
नवौं महाधिवेशनबाट अध्यक्षमा निर्वाचित भएका केपी ओलीलाई पार्टीका नेताहरूले बेलाबेलामा पार्टी हैन, गुटलाई मात्रै संरक्षण गर्ने गरेको आरोप लगाउने गरेका छन् । ओलीले आफ्ना गुटमा रहेका नेता कार्यकर्तालाई हदैसम्म संरक्षण गर्ने गरेको बताइन्छन् ।
ओली गुटमा रहेका यी नेताहरू उपाध्यक्ष वामदेव गौतम, सहासचिव ईश्वर पोख्रेल, शंकर पोखरेल, विष्णु पौडेल उपगुटमा विभाजित छन् । त्यस्तै माधव नेपाल गुटमा पनि स्वयम् माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम,भीम रावल, युवराज ज्ञवाली लगायतको टिम रहेको देखिन्छ ।
यस्तो छ एमालेभित्र नेताहरुको गुटगत विभाजन–
ओली गुटका नेताहरू :
१.केपी ओली अध्यक्ष
२.बामदेव गौतम उपाध्यक्ष
३.ईश्वर पोखरेल महासचिव
४.विष्णु पौडेल उपमहासचिव
५.पृथ्वीसुब्बा गुरुङ सचिव
६.प्रदीप ज्ञवाली सचिव
७.किरण गुरुङ स्थायी समिति सदस्य
८.छविलाल विश्वकर्मा स्थायी समिति सदस्य
९.शंकर पोखरेल स्थायी समिति सदस्य
१०.सुवास नेम्वाङ
११.अग्नि खरेल
१२. राधा ज्ञवाली पोलिटब्यूरो सदस्य
१३.यामलाल कँडेल पोलिटब्यूरो सदस्य
१४.महेश्वर पाठक केन्द्रीय सदस्य
१५.लालबहादुर थापा केन्द्रीय सदस्य
१६.रविन्द्र अधिकारी केन्द्रीय सदस्य
१७.मोहन बाँनिया केन्द्रीय सदस्य
१८.हरि पराजुली केन्द्रीय सदस्य
१९.गोरख बोगटी पोलिटब्यूरो सदस्य
२०. विष्णु रिमाल पोलिटब्यूरो सदस्य
२१. शेरधन राई पोलिटब्यूरो सदस्य
२०.आनन्द पोखरेल सांसद
२१.कृपाशुर शेर्पा सांसद
२२. कर्ण थापा पोलिटब्यूरोे सदस्य
२३. भानुभक्त ढकाल पोलिटब्यूरो सदस्य
२४. गणेश तिमिल्सेना पोलिटब्यूरो सदस्य
२५. गोकुल घर्ती पोलिटब्यूरो सदस्य
२६. सत्यनारायण मण्डल स्थायी समिति सदस्य
२७. वैजनाथ चौधरी केन्द्रीय सदस्य
२८. खिमलाल भट्टराई केन्द्रीय सदस्य
२९. लिला गिरी केन्द्रीय सदस्य
माधवकुमार नेपाल गुट
नवौं महाधिवेशनमा नेता नेपाल ओलीसँग पराजित भएका थिए । यही महाविधेशनबाट स्थापित भएको गुट नेपालले अहिले चलाइरहेका छन् । नेपाल गुटलाई अहिले वरिष्ठ नेता झलनाथ खनालको साथ छ । यद्यपि नेपाल समूहका घनश्याम भुसालले उपगुट पनि चलाउँदै आएको बताइन्छ ।
नेपाल गुटका नेताहरू :
१.माधव नेपाल पार्टी नेता
२.झलनाथ खनाल वरिष्ठ नेता
३.भीम रावल उपाध्यक्ष
४.अष्टलक्ष्मी शाक्य उपाध्यक्ष
५.युवराज ज्ञवाली उपाध्यक्ष
६.सुरेन्द्र पाण्डे स्थायी समिति सदस्य
७.घनश्याम भुसाल उपमहासचिव
८.योगेश भट्टराई सचिव
९.गोकर्ण विष्ट सचिव
१०.भीम आर्चाय सचिव
११.अरुण नेपाल पोलिटब्यूरो
१२.प्रकाश ज्वाला पोलिटब्यूरो
१३.पशुपति चौलागाई पोलिटब्यूरो
१४.वेदुराम भुसाल पोलिटब्यूरो
१५.श्रीमाया थकाली
१६.रघुजी पन्त पोलिटब्यूरोे
१७.डा. विजय पौडेल पोलिटब्युरो
१८.शत्रुघन महतो वैकल्पिक पोलिटब्यूरो
१९.ठाकुर गैरे केन्द्रीय सदस्य
२०.रामकुमारी झाँक्री केन्द्रीय सदस्य