पु.समाचार

काठमाण्डौ ढलले चुँढेर लग्यो १२ वर्षीया विनिताको जीवन

काठमाण्डौ । काठमाण्डौ उपत्यकाको अव्यवस्थित सडकमा बगेको भलका कारण एकजना बालिकाको मृत्यु भएको छ । राजधानीमा अव्यस्थित ढलका कारण नेपालटारका झंकनाथ फुयाँलकी १२ वर्षीया छोरीको विनिता फुँयालको मृत्यु भएको हो ।

स्कुलबाट घर फर्फेर घरमा भाइसँग खेलीरहेकी विनिता एक्कासि ढलमा फसेकी थिइन् । ढलको भेलमा फसेकी विनितालाई विष्णुमतिमा मिसिएको महादेव खोलाले चार–पाँच किलोमिटर बगाएको थियो । करिब दुई तीन घण्टा पछि उदार गरिएकी उनको उपचारको क्रममा मृत्यु भएको थियो ।