पु.समाचार

अकस्मात अस्पताल भर्ना भए पूर्वराजा शाह

पूर्वराजा ज्ञानेन्द्र शाह अस्पताल भर्ना भएका छन् । मुटुमा समस्या आएपछि शाह लाई बुधवार विहान नर्भिक अस्पताल भर्ना गरिएको हो ।
नियमित चेकजाँचका क्रममा मुटुको धमनीमा केहि गडवढ देखिएपछि उनलाई नर्भिकमा भर्ना गरिएको पारिवारिक श्रोतले जनाएको छ । धमनीमा केहि खरावी देखिएकोले उनलाई सुरुमा एनजीओग्राफी र एनजीओप्लाष्टी गरिने अस्पताल श्रोतले जनाएको छ ।
शाहको स्वास्थय अवस्था भने खतरा मुक्त नै रहेको अस्पताल श्रोतले जनाएको छ ।