समाचार

भुकम्प पिडित चुहिने छानो मुनी, प्राधिकरणले भने ४१ अर्व खर्च गर्न सकेन, यस्ता छन् कारण

२०७२ बैशाख १२ सायदै कसैले भुल्लान्, न त भुल्न सक्लान् । मध्य दिउसो एका एक जमिन काप्न थाल्यो, घर हरु हल्लिन थाने, भत्किन थाले, लड्न थाले । कति घर भत्किए, कति मन्दिर, पाटी पौवा र साँस्कृतिक सम्पदा भत्किए अनि ति भौतिक संरचना संगै करिव ८ हजार मानिसले ज्यानै गुमाए भने हजारौ परिवार घरवार विहिन भए । बैशाख १२ को ७ दशमलव ८ रेक्टर र बैशाख २९ को ६ दशमलव ९ रेक्टर सकेलको भुकम्पका कारण कति अझै अपांग शरिर लिए वाँचि रहेका छन्, राज्यले उपचार खर्च देला र पूर्णरुपमा तन्दुरुस्त होउला भनेर । भुकम्प भएको पनि साडे २ वर्ष वितिसक्यो । तर अझै न त भुकम्प पिडितहरुले उचित वासस्थान नै पाउन सकेका छन्, न त भुकम्पले थलिएका, भाचिएका र लडेका भौतिक संरचना हरु उठ्ननै सकेका छन् । दुई हिउँद जाडोमा काम्दै र तीन वर्खामा पानीमा रुज्दै, भिज्दै भुकम्प पिडितले दैनिकी गुजारी रहेका छन् । सरकारले पुननिर्माण प्राधिकरण गठन गरेर भुकम्प पिडितलाई घरनिर्माणका लागि रकम प्रदान गरेपनि प्रयाप्त हुन नसकेको गुनासो भुकम्प पिडितहरु गरिरेहका छन् ।
तर अच्चम्को कुरा के छ भने भुकम्प पिडितको राहत, उद्धार र पुननिर्माणका लागि गठन भएको राष्ट्रिय पुननिर्माण प्राधिकरणले रकम खर्च गर्न नसकेर ४१ अर्व रुपैयाँ भन्दावढी रकम फ्रिज भएको छ । प्राधिकरणले खर्चगर्ने अख्तियारी पाएको रकम ७६ अर्व रुपैयाँ हो, तर त्यस मध्ये करिव ४९ अर्व रुपैयाँमात्रै खर्चगर्न सकेको छ । भुकम्पमा घरवार गुमाएका परिवारले घर बनाउन जम्मा ३५ अर्व रुपैयाँ पाएपनी ४१ अर्व रुपैयाँ खर्च हुन नसकेको तथ्यांक राष्ट्रिय पुननिर्माण प्राधिकरणले मंगलवार संसदको विकाश समितिमा पेश गरेको छ ।
प्राधिकरणले रकम फ्रिजहुनुमा निर्माण व्यावसायीको ढिलासुस्ती तथा निर्माण सामाग्रीको आपुर्तिमा असहजता, जनशक्ति आपुर्तिमा ढिलाई, डिजाईन तथा ठेक्का प्रकृयामा समय धेरै लागेको कारण देखाएको छ । निजी निवासको हकमा अपेक्षित गतिमा बाँकी किस्ताको भुक्तानीमा जान नसकेको, कतिपयमा वजेटको श्रोत नमिलेको, कतिपय निकायको वजेट तालुक मन्त्रालयमै महिनौ रोकिएको गुनासो समेत प्राधिकरणले विकाश समितिमा राखेको थियो ।