राजनीति

गृहमन्त्री शर्माले भर्खरमात्र बढुवा भएका यी एसपीलाई यसरी गरे निलम्बन

काठमाण्डौ । डिएसपीबाट एसपीमा बढुवाकोलागी सिफारिस गरेको संञ्जिव शर्मा बिादित भएकोले तत्कालका लागी निलम्बन गरि छानविन गर्न गृहमन्त्री जनार्दन शर्माले निर्देशन दिएका छन् ।

गृहमन्त्री शर्माले मिडिया र सामाजिक सञ्जाललाई धन्यबाद दिदै उक्त बिबादित मुद्धाबारे जानकारी दिएकोमा धन्यबाद दिदै उक्त निर्देशन दिएको बताएका छन् ।

निलम्बन गरेर अनुसंधान गर्न निर्देशन दिए पश्चात अब डिएसपी शर्मालाई कस्तो कारबाही हुने भो हेर्न बाँकी छ । तर पत्रपत्रिकाको अगाडीको पेजमा उनको बढुवा गलत भएको समाचारको र सामाजिक संजालमा जनताले राखेको प्रश्नको राम्रो उत्तर भने गृहमनत्री शर्माले दिएका छन् ।

प्रहरीले अब उक्त निर्देशन पश्चात अनुसंधान गर्नेछ ।

उनले भनेका छन्, “सामाजिक संजाल तथा सञ्चार माध्यमले डि एस पी सन्जिव शर्मा दास बारे उठाउनु भएको प्रश्नले बढुवा गर्दा भएको त्रुटिपूर्ण निर्णय सच्याउन मद्दत पुग्यो । सबैमा हार्दिक धन्यवाद । सन्जिव शर्मा बारे थप अनुशन्धान गर्ने गरि निलम्बन गर्न निर्देशन दिएको जानकारी गराउछु ।”