काठमाण्डौ । नेपाली काँग्रेसले केनद्रीय समितिको बैठक श्रावण ९ गते डाकेको छ । शनिबार दिउसो २.०० बजे केन्द्रीय कार्यालय ललितपुरमा डाकिएको उक्त बैठकमा केन्द्रीय सदस्य तथा पदाधिकारीहरुलाई निमन्त्रणा गरिएको छ ।
मन्त्रीमण्डल बिस्तारमा भएको ढिलाइ, उपसभापति, माहामन्त्री, सहमहामन्त्री लगायतका केन्द्रीय सदस्यहरुको मनोनयन र तेस्रो चरणको आश्विन २ को निर्बाचनका बिषयमा छलफल हुने अनुमान लगाउन सकिन्छ । बैठक डाकिएको मूख्यसचिब कृष्णचन्द्र पौडेलले बताए ।
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमनत्री छन् तर पौडेल पक्षको असहमतीका कारण काँग्रेसबाट सरकारमा सहभागी हुने मन्त्रीहरुको टुंगो लाग्न सकेको छैन । लामो समयदेखि बस्न नसकेको केन्द्रीय समितिको बैठकले महत्वपूर्ण निर्णयहरु गर्ने एक केन्द्रीय सदस्यले सुर्यखबरलाई बताए ।
पार्टी सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि पहिलो चरणमा बिस्तार भएको सरकारमा रामचन्द्र पौडेल पक्षका कुनैपनि नेताहरु सरकारमा सहभागी छैनन् ।