भक्तपुर । पूर्वपर्यटन मन्त्री एवं नेकपा (एमाले)का नेता आनन्द पोखरेलले सत्तापक्ष र प्रतिपक्षका आआफ्नै अडानका कारण संविधान कार्यान्वयन अन्यौलमा परेको बताए ।
भक्तपुरको एक कार्यक्रममा बौल्दै उनले राजनीतिक अडानकै कारण आमनागरिकमा समेत अन्यौल पैदा भएको जानकारी दिए ।
“सत्तापक्ष कुनै पनि हालतमा संविधान संशोधन गरेर अगाडि जान्छौँ र प्रतिपक्ष कुनै हालतमा संविधान संशोधन गर्नु हुंदैन भनिरहेको छ”– पोखरेलले भने, “यो दुई पक्षको अडानले संविधान कार्यान्वयन अन्यौल बन्दै गएको छ ।”
उनले “संविधान संशोधन गर्दा कुन पक्षलाई फाइदा हुन्छ भन्दा पनि राज्यलाई के फाइदा र के नोक्सान हुन्छ भन्ने यथार्थ सञ्चारकर्मीले ल्याउनुपर्छ,” भन्दै सञ्चारकर्मीले देशको मुद्दामा गहिराइमा गएर आमनागरिक समक्ष यथार्थ ल्याइदिनुपर्नेमा जोड दिए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष पुष्करराज बुढाथोकी, क्रियाशील पत्रकार मञ्चका अध्यक्ष रमेश गिरी, प्रेस चौतारी नेपाल भक्तपुरका अध्यक्ष सोम शर्मा, लोकतान्त्रिक छापामाध्याम भक्तपुर अध्यक्ष पेशल आचार्य, पत्रकार महासंघ भक्तपुरका पूर्वअध्यक्ष अमर भूजु लगायतले साना लगानीका सञ्चारमाध्यम सञ्चालन निकै चुनौतीपूर्ण बन्दै गएको चर्चा गर्दै सरकारले यस्ता सञ्चारमाध्यमको पक्षमा ध्यान पु¥याउनुपर्नेमा जोड दिए
सो अवसरमा परिवर्तनशील आवाज साप्ताहिकका प्रकाशक तथा प्रधानसम्पादक रामचन्द्र प्रजापति, सम्पादक कृष्ण प्रजापति, सल्लाहकार प्रविण जोशी लगायतले प्रेस काउन्सिलले पत्रिकाको वर्गीकरणमा कुनै भेदभाव गर्न नहुने बताए ।