पु.समाचार

एघार जना डिआइजीलाई एआइजी बनाए लगत्तै सरकारले थल्यो फेरि अर्को तयारी

काठमाण्डौ । नेपाल प्रहरीमा एआइजीको बढुवा गर्दा आफ्ना छुट्ने भएपछि ३ पदबाट बढाएर ११ पुर्याएको सरकारले पुन पद थप्ने तयारी गरेको छ ।

११ पद पुर्याएर बढुवा सिफरिसूची सार्वजनिक गरे पनि आफ्ना छुटेकाले दबाब आएपछि सत्ताधारी २ प्रमुख दल नेपाली कांग्रेस र माओवादी केन्द्र एआइजीको दरबन्दी १३ पुर्याउन सहमत भएका हुन् ।

शनिबारको नागरिकमा लेखिएको छ, मन्त्रिपरिषद स्रोतका अनुसार बिहीबार बसेको मन्त्रिपरिषद बैठकमा प्रहरीमा एआएजीका दुई दरबन्दी थप्न सहमति भइसकेको छ ।