अन्तर्राष्ट्रिय

चीनमा पहिरोमा परी आठको मृत्यु, सत्रजना बेपत्ता

चीन, २४ साउन । दक्षिणीपूर्वी चिनियाँ प्रान्त सिचुआनको लि आङ्गसान गाँउमा भारी बर्षापछि आएको पहिरोमा परी कम्तीमा आठ व्यक्तिको मृत्यु भएको समाचार छ ।

साथै सो बाढीका कारण अन्य १७ जना व्यक्ति बेपत्ता भएका थानीय अधिकारीहरुले मङ्गलबार जानकारी दिएका छन ।
स्थानीय समयानुसार मङ्गलबार बिहान ६ बजे बाट सुरु भएको यस पहिरोमा सिचुआन प्रान्तका विभिन्न गाँउहरु डुबानमा परेका बताइएको छ ।

यस प्रकोपको कारण अन्य छ व्यक्ति घाइते भएका यस प्रान्तका सूचना कार्यालयले जानकारी दिएको छ । सो कार्यालयका अनुसार ती गाँउमा उद्धार कार्य जारी रहेको छ ।