समाचार

पहिरोले श्रीमतीसहित ४ सन्तान पुर्यो, श्रीमानको प्रहरीद्धारा उद्धार !

सिन्धुली । सिन्धुलीमा शनिबार बिहान गएको पहिरोमा परेर एकै परिवारका ४ जनाको ज्यान गएको छ । जिल्लाको कमलामाई नगरपालिका–६ गैरीगाउँमा पहिरोले घर बगाउँदा एकै परिवारका ४ जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेहरुमा स्थानीय दुर्गा खड्का, उनका छोरा अनिज, मनिज र छोरी शोभा खड्काको ज्यान गएको प्रहरीले जनाएको छ ।

 शनिबार बिहान करिब ४ बजेतिर गएको पहिरोमा परेका दुर्गाका श्रीमान उदय खड्काको भने प्रहरीले तत्काल उद्धार गर्न सफल भएको जनाइएको छ ।