समाचार

बाबुआमा बाढीमा परेपछि यी बालबालिकाको बिजोग !

सुनसरी । एघार बर्षे निशान रार्ई राति आमाबुबा खोज्दै बर्बराउँछन् । दिदी पन्ध्र बर्षीया कमला एकाहोरो टोलाईरहन्छिन् । भाई निमेषसहित बुबा राजकुमार र आमा आशालाई शुक्रबार बाढीले ईटहरी ४ गैरीगाउँबाट घरसहित बगाएपछि उनीहरु बेसाहारा छन् ।

एककासि राति गाउँमा घर नजिकको रुख समातेर बच्न सफल भए । घर, बाआमा र भाईलाई बुढिखोलाबाट आएको बाढीले बगाएपछि उनीहरुको न बस्ने घर रह्यो, न अभिभावक नै ।

बिहीबारको कान्तिपुरमा लेखिएको छ, हाल उनीहरु सानीआमा स्तिासन्ध्या राइको घर ईटहरीमा छन् ।