पु.समाचार

प्रधानमन्त्री देउवाले राखेको एउटा महत्वपूर्ण प्रस्ताव मोदीले बेवास्ता गरे !

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबार नेपाली समकक्षी शेरबहादुर देउवासँग भारत र नेपालका सेनाबीच सहकार्य थप सुदृढ गर्नुपर्ने प्रस्ताव गरे ।

भारत र चीनबीच दोक्लामका विषयमा चुलिएको विवादमाझ मोदीको प्रस्ताव अर्थपूर्ण थियो । प्रधानमन्त्री देउवाले नेपालले हतियार खरिद गरेबापत तिर्नुपर्ने रकम मिनाहाका लागि प्रस्ताव गरे । तर, मोदीले स्पष्ट जवाफ दिएनन् । भारतले यो प्रस्ताव स्वीकार नगरेको अर्थमा नेपालले बुझेको छ ।

हैदरावाद हशाउसमा दुवै पक्षका १८–१८ जना अधिकारी सहभागी औपचारिक वार्तामा देउवाले प्रस्ताव गरे – नेपाली सेनाले सन् २००६ यता हतियार र सैन्य सामग्री किनेबापत अहिलेसम्म तिर्नुपर्ने २ अर्ब ४६ करोड ८० लाख रुपैयाँ मिनाहा गरिदिनुस् ।’ तर मोदीले मिनाहा गर्न मानेनन् ।

आइतबारको अन्नपूर्णमा लेखिएको छ, देउवाले मिनाहाको आग्रह गर्दा मोदीले ‘रक्षा सहकार्य गरौं’ भन्ने अर्थपूर्ण जवाफ मात्रै दिए ।