पु.समाचार

गृहराज्यमन्त्री नै चढ्छन् यसरी फर्जी गाडी !

काठमाण्डौ । गृह मन्त्रालयको काम नक्कली गाडी नियन्त्रण गरी कानुनी कारबाही गर्नु हो । तर उल्टै गृह राज्यमन्त्री श्यामकुमार श्रेष्ठले पदमा बहाल भएको दिनदेखि नै फर्जी नम्बर प्लेटको गाडी चढिरहेका छन् ।

मंगलबारको कान्तिपुरमा लेखिएको छ, उनले बा १ झ १००९ नम्बरको ल्यान्डकुक्रजर प्राडो गाडी चढ्दै आएका छन्, जुन नम्बरको गाडी भने हुलाक बिभागसंग छ ।