मनोरञ्जन

बजारमा आयो छक्का पञ्जा–२ को अर्को नयाँ गीत (भिडियोसहित)

काठमाण्डौ । सबैको प्रतिक्षामा रहेको चलचित्र छक्का पञ्जा–२ को नयाँ गीतको भिडियो सार्वजनिक भएको छ । यसअघि पहिलो गीत नाइलनको साडी सार्वजनिक भएको केही हप्ताभित्रै झ्याम्म झ्याम्म नामको गिती भिडियो सार्वजनिक भएको हो ।

गीतमा हरिवंश आचार्य र आस्था राउतको स्वर, किरण कँडेलको संगीत, उत्तम संजेलको शब्द छ । चलचित्रको यो भिडियोमा कविराज गहतराजको कोरियोग्राफी, पुरुषोत्तम प्रधानको छायांकन छ ।

गीतमा अतिथी कलाकारको रुपमा विल्सन विक्रम राइले नृत्य गरेका छन् । साथमा, चलचित्रका मुख्य कलाकार नायिका प्रियंका कार्की, दीपकराज गिरी र वुद्धि तामाङको नृत्य यो भिडियोमा हेर्न पाइनेछ ।