पु.समाचार

तराई–मधेसमा के गर्दैछन् प्रचण्ड ? एकाबिहानै देखिएका रोमाञ्चक पाँच तस्वीर !

रौतहट । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड यसबेला दुई नम्बर प्रदेश अन्तर्गतका तराई–मधेसका जिल्लामा चुनावी दौडाहामा रहेका छन् । केही दिनयता उनी दुई नम्बर प्रदेशका विभिन्न जिल्लाहरुमा सभा,समारोह र छलफलमा व्यस्त छन् । प्रचण्ड अहिले त्यतिमा मात्र सिमित देखिएका छैनन् ।

बिहान सबेरैदेखि बेलुका साँझसम्म स्थानीय सर्वसाधारणसँग समेत मत माग्न घुलमिल भैरहेका छन् । त्यस्तै एउटा दृष्य शनिबार एकाबिहानै रौतहटको चन्द्रनिगाहपुरमा देखियो ।

प्रचण्ड बिहान मर्निङ वाकमा निस्कँदा स्थानीय सर्वसाधारणसँग समेत चियगफमा भलाकुसारी गरिरहेका देखिन्थे । यसबाट प्रचण्ड अहिले तराईका जिल्लाहरुमा थप सक्रिय भएर पार्टी निर्माण लागेको संकेत मिलेको छ । एकाबिहानै देखिएका ती रोमाञ्चक तस्वीरलाई हामीले यहाँ फोटोफिचरका रुपमा प्रस्तुत गरेका छौ ।तस्वीरः प्रकाश दाहाल